थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर बजारमा



काठमाडौं (नेस) ।

नेपालको सबैभन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स एवं नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड सामसङ्गले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिवल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ । यससँगैं सामसङ्गले नेपालका ग्राहकबाट माग हुँदै आएकाले ठूलो रेफ्रिजेरेटरको आपूर्ति गर्दै आएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपसनले ग्राहकहरूलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसोपानी निकाल्न मिल्नेगरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ ।

यो स्टाइलिस स्टेनलेस स्टिल फिनिस भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित ५७९ लिटरमा उपलब्ध छ । फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्विन कूलिङ्गप्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरू फैलिनबाट रोक्न र खाद्य सामग्रीको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्ने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्