एमाले सांसद मोहन बानियाँ पक्राउ

0
Shares

दीपक रिजाल, काठमाडौं ।

नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २४ गते बानियाँविरुद्ध दिएको उजुरी माघ २७गते दर्ता भएको थियो ।

सोही उजुरीको आधारमा सा‌सद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो ।बलात्कार आरोपित सांसद बानियाँ फरार थिए ।  उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।