कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

0
Shares

न्युज अफ नेपाल, कैलाली ।

नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गर्नु भएको छ ।

निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ । सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा कम मत ल्याएका कलेल भने प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ ।