स्थानीय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महिने संगठन सुदृढीकरण अभियान शुरू गर्ने भएको छ ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान शुरू हुने उनको भनाइ छ । त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उनको भनाइ छ । यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए ।