कोका – कोलाको सबैभन्दा सानो कान्छु प्याक नेपाली बजारमा



काठमाडौं, (नेस) ।

कोका – कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ। कान्छु बोतल २५ रुपियाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ।

नेपाली भाषाको कोका – कोला लोगो सहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीले गरेको छ। कान्छु बोतललाई वातावरण मैत्री बनाउनको लागि पुनःप्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ।

ग्लास प्याकेजिङ्मा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ। रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ।

कोका – कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो – ‘हामी हाम्रा नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै चोइसेजहरु प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ, चाहे त्यो पेय पदार्थमा होस् या प्याकेजिङ्मा ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो – ‘नयाँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ् नै विशेषगरी नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्