एमसीसीको विपक्षमा को को सांसद छन् ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् । सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने भएका छन् ।