‘ईन्जा डे’ मे ३ मा मनाइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाले यस वर्ष मे ३ का दिन काठमाडौंमा ईन्जा डे मनाउने भएको छ । यसअघि हरेक वर्ष मार्च १ मा मनाउँदै आइएको उक्त डे यस वर्ष कोरोना महामारीको तेस्रो लहरका कारण पछि धकेलिएको हो ।

सोही दिन ईन्जाले प्रदान गर्दै आएको पत्रकारिता सम्बन्धी पुरस्कारहरु, ईन्जा ग्रामीण पत्रकारिता पुस्कार, इन्भेष्टिगेटिभ पत्रकारिता पुरस्कार र डा. सुखदेव शाहको सम्झनामा स्थापना भएको ईन्जा बौद्धिक पत्रकारिता पुरस्कार समेत वितरण गरिने बताइएको छ ।

यस्तै ईन्जाले ग्रामीण पत्रकारिता पुरस्कारका लागि आवेदन दिने म्याद मार्च १५ सम्मको लागि थपेकोछ । ग्रामीण पत्रकारिता पुरस्कारको लागि जिल्ला जिल्लामा विभिन्न बिटमा काम गरिरहेका स्थानीय संचारकर्मीहरुलाई इन्जाको इमेल [email protected]मार्फत मार्च १५ भित्र आवेदन पठाउन अनुरोध गरिएको छ ।

स्थानीय स्तरमा ग्रामीण पत्रकारिता गरिरहेका कुनै पनि पत्रकारहरु योग्य लागेमा कुनै सञ्चार गृह वा अन्य कसैले पनि सोझै सिफारिस गर्न सक्ने कुरा पनि जनाइएको छ । यी तीनै वटा पुरस्कारहरुको राशी एक एक लाख रुपैयाँ रहेको छ ।

यस अघि ईन्जा ग्रामीण पत्रकारिता पुस्कार र इन्भेष्टिगेटिभ पत्रकारिता पुरस्कारका लागि आवेदन माग गरिएको थियो भने इन्जा बौद्धिक पत्रकारिता पुरस्कारको व्यवस्थापन र अन्य विश्व विध्यालयहरुसंगको सहकार्यको काम त्रिवि केन्द्रीय पत्रकारिता विभागसँगको समन्वयमा हुनेछ ।