कांग्रेस-एमालेबीचको बैठक निष्कर्ष बिनै सकियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता कुनै निश्कर्षमा नपुगेरै सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरू आआफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निश्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं । तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्‍याउनु भयो’,  उनले भने । बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो ।

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।