सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जना घाइते, ३ जना गम्भीर

0
Shares

न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।

दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।