नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी


न्युज अफ नेपाल , ललितपुर ।

स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाई सुरु भएको छ । जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाई अभियानमा जुटेका हुन् ।

स्थानीय व्यवसायी उमेश केसी नागदह सफाई गरेर आन्तरिक पर्यटकको चलहपहल बढाउने बताउँछन् । उनले भने, ‘नागदहको सफाई लामो समयसम्म भएन । जलकुम्भीका कारण नागदहको सौन्दर्भमा असर पर्न थालेपछि हामी जुटेका हौं ।’व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो ।

उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने अवस्था छ ।नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाई सुरु भएको हो । गरिएको हो । नागदहको सरसफाईका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाई गर्ने केसीले बताए ।

नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको केसीले बताए । ललितपुर महानगर २४ वडाका वडाध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए । उनले भने, ‘नागदहको प्रर्वद्धनमा हामीले काम गरेका छौं । केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ ।