गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियो : प्रदीप ज्ञवाली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् ।

शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए ।

एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ । लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए । गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए ।