थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २द्ध घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ । हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइसोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।