बीपीको शालिकमुनि गणतन्त्रविरुद्ध नारा



पोखरा ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विरोधसभा गरेको छ । विरोधकै क्रममा उनीहरुले बीपीको शालिकमुनि बसेर गणतन्त्र धोका हो भन्दै नारासमेत लगाएका थिए ।

पछिल्लो समय राजनीति खिचातानी र नेताहरुको हर्कतका कारण राजावादी पार्टीहरु सक्रिय भइरहेका छन् । एमसीसीविरुद्ध यति बेला देशको राजधानीसहित मुख्य–मुख्य शहरहरु आन्दोलनले तातिरहेको छ । पोखरा चिप्लेढुंगा नजिकै रहेको बीपीचोकमा आन्दोलनको सम्बोधन गर्दै वक्ताहरुले नेपाली कांग्रेसलगायत कम्युनिस्ट पार्टीहरु राष्ट्रघाती रहेको आरोपसमेत लगाए । उनीहरुले एमसीसी पास भए रगतको खोलासमेत बगाउने चेतावनी दिएका थिए ।

राजावादीहरु सक्रिय भएर सडकमै आउँदा आगामी यात्रा कता जान्छ भन्ने प्रश्नसमेत उब्जिएको छ । राप्रपाका केन्द्रीय महामन्त्री सन्दीप कुँवरले नेताहरुले धर्म बेचिसकेको र अहिले अमेरिकालाई देश नै बेच्न लागेको आरोप लगाउनुभयो । उहाँले अमेरिकी सहयोग भन्दा धेरै युवा मिलेरै १ हजार रुपियाँका दरले उठाए पनि पुग्ने भन्दै राष्ट्र बेचिन लागेको भन्दै खवरदारी गर्नुभएको थियो । एमसीसी पास भए नेताहरुलाई पोखरामा प्रवेश निषेध गर्ने वक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्