ग्यालेक्सी एस २२ सिरिज बजारमा



काठमाडौं (नेस) ।

नेपालको सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्रान्ड सामसङले आजदेखि नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू बजारमा ल्याएको छ ।

ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ ।
आकर्षक एवं दिगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भूत क्यामराहरू रहेका छन् ।

‘ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरू र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ । ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायांकन गर्ने, सम्पादन र सेयर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको छ, जसले तपाईंको हरदिनलाई भव्य बनाइदिनेमा हामी विश्वस्त छौं ।’– सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख रत्न स्थापितले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्