समग्र कलाकार कै नाक काटियो : गायक परियार



न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको बताइएको छ । एक १७ वर्षीया गायिकाले बुधवार प्रहरीमा बलात्कारको जाहेरी दिएपछि उनको खोजी भइरहेको हो । उक्त घटनाका विषयमा अहिले सामाजिक सञ्जालमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । गायक शिव परियारले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् ।

‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुसीले गद्गद होला, एउटा पक्ष दुखाइले भतभती होला | तर समग्रमा भन्दा यो सारा कुराले चैँ समाजको नजरमा हाम्रो सङ्गीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकार कै नाक काटिएको छ है ।’, परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘कलाहरूको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला सङ्गीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ |’

‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको विद्यालाई सधैँ यो समाजले नाच्ने गाउने पेसा राम्रो हैन भनेर बुझेको भन्दै उनले उक्त बुझाइलाई यो घटनाले थप पुष्टि गरेको समेत बताएका छन् ।

तस्बिर : गायक परियारको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्