पलविरुद्ध गायिकाले दिइन् किटानी जाहेरी

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा एक गायिकाले किटानी जाहेरी गर्दा गराएकी छन् । उनले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी यागिकाले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।