केके ११औँ सन्तानकी आमा बन्दै



चर्चित अमेरिकी गायिका तथा अभिनेत्री केके ब्याट आमा बन्ने भएकी छन्। अचम्मको कुरा के छ भने उनी ११औँ सन्तानकी आमा बन्न लागेकी हुन्। उनले हालै आफ्नो प्रेगेनेन्सी फोटोसुट सामाजिक सञ्जालमा सेयर गर्दै आफू ११औँ सन्तानकी आमा बन्न लागेको जानकारी दिएकी हुन्। ज्याकरिया डेविड र म नयाँ सन्तानको स्वागत गर्नको लागि आतुर औँ । यो हाम्रो लागि निकै खुसीको खबर हो कि आउने वाला सन्तान हाम्रो ११औँ सन्तान हुनेछ’ उनले सामाजिक सञ्जालमा लेखेकि छिन्। हरेकपटक आमा बन्ने खबर आउनासाथ उनलाई बधाई दिएर थाकेका उनका फ्यानहरूले फेरि उनलाई बधाई दिइरहेका छन्।

केकेको ज्याकरिया तेस्रो पति हुन्। तेस्रो पतिबाट तेस्रो सन्तान जन्माउन लागेकी केकेको पहिलो विवाह १८ वर्षको उमेरमा रहमत मोर्टनका साथ भएको थियो। रहमतसँग रहँदा सन् २००० मा उनले पहिलो सन्तान किभर ब्याट मोर्टनलाई जन्म दिएकी थिइन्। जो अहिले २१ वर्षका भइसकेका छन्। त्यस्तै, पहिलो पतिका साथमा रहँदा सन् २००२ र सन् २००८ मा अन्य दुई सन्तानलाई जन्म दिएकी थिइन्, जो अहिले १९ र १३ वर्षका भए। तीन सन्तानको जन्म भइसकेपछि सन् २००९ मा पहिलो पतिको साथ सम्बन्ध विच्छेद गरेकी उनले त्यही वर्ष माइकल फोर्डका साथ दोस्रो विवाह गरेकी थिइन्। माइकलले आफ्नो पहिलो पत्नीसँगको सम्बन्धबाट भएको एक छोरी काल्यालाई पनि सँगै राखेका थिए।

माइकलसँग विवाह गरेपछि केकेले सन् २०१०, २०१२,२०१५ र २०१७ मा ४ छोराछोरीलाई जन्म दिइन्, जो अहिले ११, ९, ६ र ४ वर्षका भए। माइकलसँगको चौथो बच्चा पेटमा रहँदै माइकलले केकेका साथ छुट्टिने निर्णय गरेपछि केकेले एक्लै आफ्नो आठौँ बच्चा जन्माउने हुर्काउने गरेकी थिइन्। माइकलले छोडेर गए पनि केकेले भने माइकलको पहिलो पत्नीबाट भएको सन्तान काल्यालाई आफ्नो सन्तान जस्तै गरी आफैंसँग राखेकी छन्।

माइकलसँग छुट्टिएपछि उनले सन् २०१८ मा बाल्यकालको साथी एवं पूर्वप्रेमी जकारियाका साथ तेस्रो विवाह गरिन्। जकारियाका साथ दुई सन्तानलाई जन्म दिएकी उनी जैविक हिसाबले १०औँ तथा दायित्वको हिसाबले ११औँ बच्चालाई असाध्यै मन पराउने ३९ वर्षीया केकेले आगामी वर्षमा पनि केही बच्चालाई जन्म दिने सम्भावना रहेको छ। शारीरिक सुन्दरतामा ह्रास आउने डरले पछिल्लो केही वर्षयता सेरोगेसीको माध्यमबाट बच्चा जन्माइरहेका अभिनेत्रीहरूका लागि केकेले गतिलो जवाफ दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्