प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य


न्युज अफ नेपाल, काठमाडौं ।

सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य  तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।