काठमाडौंमा शुरू भयो दोस्रो डिजिस्टोर



काठमाडौं (नेस) ।

हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्रान्ड स्टोर सुरूआत गरेको छ । आइतबार काठमाडौंको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरू उपलब्ध गराउने गरी स्टोरको सुरूआत गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसै गरी विराटनगरमा यसअघि नै दुई स्टोरहरू सञ्चालनमा रहेका छन् ।

सुकेधारमा डिजिस्टोर आउटलेट शुरू गर्दै कम्पनीका अध्यक्ष अरुण वंशलले कोभिड १९ को कारण केही ढिलोगरी स्टोर शुरू गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन् । काठमाडौं बाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिनुभयो ।

कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्रान्डका प्रोडक्टहरू नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ब्रान्डको रूपमा स्थापित डिजिकमका राउटर, सीसी क्यामेरा, एसी, एसेसरिज र अन्य आईटीका प्रोडक्टहरू नेपाली बजारमा उपलब्ध छन् ।

यसै गरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रोडक्टहरू विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकमबाहेक अन्य ब्रान्डहरू प्रोडक्ट, मोबाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौं प्रडक्टहरू उपलब्ध रहेका छन् । यसै गरी कम्पनीले होम एप्लायन्सेसका प्रोडक्टहरू पनि उपलब्ध गराउने जनाएको छ ।

डिजिटल र अन्य प्रोडक्टहरूसहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँ सामान किन्नमात्रै नभएर वास्तविक रूपमा प्रविधिका नयाँ प्रडक्टहरूबारे अपडेट पनि लिन सकिन्छ । स्टोरका सामानहरू डिजिस्टोर डटकम डटएनपीमार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरि सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष वंशलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्