थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, ३३८ जना संक्रमणमुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने  ४जनाकाे मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप ९३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ८०, ललितपुरका १२ र भक्तपुरका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।