प्रतिनिधिसभा बैठक सुरु, एमाले अवरोध कायमै

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

प्रतिनिधिसभा बैठक सुरू भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी अन्ततः आजको सदनमा पेस हुँदैछ ।

एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्दैछन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सदनको अवरोध कायमै राखेको छ । बैठक सुरू हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराएसम्म बैठक सुरू हुन नदिने भन्दै एमालेले सदन अवरोध जारी राखेको छ ।