न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । समितिको बैठकपछि संसद बैठक बस्नेछ । सोही बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगेका हुन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया