कोका–कोलाको जेरो सुगर नयाँ स्वादमा



काठमाडौं (नेस) ।

कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्ति दायक स्वादमा नयाँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वादभएको यो नयाँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध भएको छ । नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वादलिन सक्ने भएका छन् ।

व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसका लागि कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ ।

सन् २००५ मा विश्वव्यापी रूपमा लन्च गरिएको कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनका लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको कम्पनीले जनाएको छ ।
लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो–‘हामी सदैव उपभोक्ताहरूको चाहना र आवश्यकता अनुसारको उत्पादनहरू नै बजारमा ल्याउने प्रयास गर्छौं । नयाँ स्वाद र नयाँ प्याकेजिङसहितको कोका–कोला जेरो सुगरलाई विश्वभरिकै उपभोक्ताले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो–‘आफ्नो व्यस्त जीवन शैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । नयाँ कोका–कोला जेरो सुगर ५०० मिलि र २५० मिलिमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्