संसदबाटै एमसीसी अस्वीकार गर्ने नेकपा एसको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले संसदमा एमसीसी टेबल गर्न नरोक्न भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पनि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

एमसीसी सम्झौता संसदमा छलफलका लागि टेबल गरेपनि टेबल भए संशोधन नगरी पास गर्न नसकिने उनले बताए । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् ।