आज फागुन ६ गते शुक्रबार, यस्तो छ राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कमको थालनी हुनेछ । शुभ यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेको काममा सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रसन्न पनि भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट

प्रतिक्रिया दिनुहोस्