सीता परियार बनिन् दलित समुदायबाट पहिलो महिला सिडिओ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् । उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो । उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् । ।

यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।