न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं उपत्यकामा नियम विपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया