नेपालमा राजनीतिक दलको संख्या १०६ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको जनाएको हो ।

आयोगका अनुसार तीन दल थपिएका छन् । नयाँ थपिने दलमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले फागुन १५ गतेभित्र दल दर्ता गरिसक्नु पर्ने छ । यससँगै आयोगमा दल दर्ता हुने संख्या बढेको छ ।