राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : तनहुँका ४८ विद्यालय छनौट



तनहुँ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४८ वटा विद्यालय छनौट भएका छन् । १० वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको नामावली सार्वजनिक भएअनुसार जिल्लाका ४८ विद्यालय परेका हुन् । छनौट भएका विद्यालयको बजेट छिट्टै स्थानीय तहमार्फत् निकासा हुने मन्त्रालयले जनाएको छ ।

सदरमुकामस्थित व्यास नगरपालिकाको ८, भिमाद नगरपालिकाका ६, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका ५/५ वटा, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकाको ४/४ वटा र म्याग्दे गाउँपालिकाको ३ वटा विद्यालय छनौट भएका छन् । छनौटमा परेका विद्यालयमा भौतिक निर्माणमा कक्षाकोठा, ल्याब, आईसिटीलगायतका विषय रहेका छन् ।

व्यास नगरपालिकाको शिव माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जलदेवी माविमा कम्प्युटर प्रयोगशालालाई ६ लाख ५० हजार, इन्दु माविमा कम्प्युटर प्रयोगशालालाई ६ लाख ५० हजार, उदय माविमा दुई कोठे भवनका लागि १८ लाख, महर्षि वेदव्यास संस्कृत माविमा चार कोठे भवनका लागि ३६ लाख, बाराही माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, निर्मल माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र चण्डिदेवी राष्ट्रिय माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ ।

भिमाद नगरपालिकाको मंगलोदय माविमा चार कोठे भवनका लागि ३६ लाख, रघु माविमा दुई कोठे भवनका लागि १८ लाख, दिपक माविमा चार कोठे भवनका लागि ३६ लाख, पृथ्वी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, शंकर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र अरुणोदय माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपियाँ रकम विनियोजन भएको छ ।

त्यसै गरी शुक्लागण्डकी नगरपालिकाको शहीदकृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, तालवेशी माविमा चार कोठे भवनका लागि ३६ लाख, जनप्रेमी माविमा दुई कोठे भवनका लागि १८ लाख, खैरेनी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, छब्दी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

भानु नगरपालिकाको होमराज लोहनी शारदा शिक्षा सदनमा चार कोठे भवनका लागि ३६ लाख, सरस्वती सदन माविमा दुई कोठे भवनका लागि १८ लाख, राष्ट्रिय माविमा चार कोठे भवनका लागि ३६ लाख, भानु संस्कृत माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पुर्कोट माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

त्यस्तै, बन्दीपुर गाउँपालिकाको शिवशक्ति आविमा दुई कोठे भवनका लागि १८ लाख, झारगाउँ आविमा चार कोठे भवनका लागि ३६ लाख, चन्द्रोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जगदीश्वर आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र विष्णु माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाको रामशाह माविमा विज्ञान प्रयोगशालाका लागि १० लाख, कन्यादेवी माविमा चार कोठे भवनका लागि ३६ लाख, लक्ष्मी माविमा दुई कोठे भवनका लागि १८ लाख र मस्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

त्यस्तै, ऋषिङ गाउँपालिकाको बाल विकास माविमा चार कोठे भवनका लागि ३६ लाख, शहीद गंगा माविमा दुई कोठे भवनका लागि १८ लाख, श्रृङ्ग माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, अम्मर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ । घिरिङ गाउँपालिकाको पशुपतिनाथ आविमा दुई कोठे भवनका लागि १८ लाख, कामधुन माविमा चार कोठे भवनका लागि ३६ लाख, महेन्द्रज्योति माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र कृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

त्यसै गरी देवघाट गाउँपालिकास्थित आदर्श शिक्षा माविमा चार कोठे भवनका लागि ३६ लाख, कालिका माविमा दुई कोठे भवनका लागि १८ लाख, जुनोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पार्वती माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको मिन माविमा चार कोठे भवनका लागि ३६ लाख, राधा माविमा दुई कोठे भवनका लागि १८ लाख र महेन्द्र माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्