स्मार्टसिटी निर्माणका लागि समझदारी



काठमाडौं (नेस) ।

सरकारले काभ्रेको पाँचखालमा निर्माण गर्ने भनिएको स्मार्ट सिटी निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिमजहाँ फहिमले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

समझदारी पत्रअनुसार एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाकाका बारेमा सहकार्य गर्ने भएको छ । निफ्राले सहकार्यका क्रममा एसजेलाई आवश्यक सहजीकरण गर्ने भएको छ । त्यस्तै, निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवाला निकायसँगको छलफल गरी लगानी जुटाउन पहल गर्ने भएको छ ।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण गर्ने भएको छ । नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५ सय रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रतिक्रिया दिनुहोस्