साओमीको नयाँ स्टोर इटहरीमा



काठमाडौं (नेस) ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको भवनमा साओमीले आफ्नो नयाँस्टोर खोलेको हो । आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्रान्डले नेपालभरि नयाँ र आधुनिक स्टोरहरू खोल्ने योजना बनाएको छ ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो–‘यो नयाँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरूलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरू हाम्रो यो नयाँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँ–नयाँ उत्पादनहरू मन पराउनुहुनेछ ।

यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरू खोल्दै ग्राहकहरूलाई उच्चतम सुविधा प्रदान गर्ने साओमीको उत्साह झल्काउँछ । यो नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजर जस्ता सम्पूर्ण रिटेलको कामहरू मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्