प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६० योजना छनौट



लमजुङ (नेस) ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरू धमाधम सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले ६० वटा योजना छनौट गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रूपमा शुरू भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले वताउनुभयो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले नौ वटै वडामा गरी ६० वटा योजना छनौट गरेको हो । जसमध्ये वडा नं. ५ मा सवैभन्दा धेरै ११ वटा योजना रहेका छन् । यसै गरी वडा नं १ मा दुई, २ मा चार वटा, ३ मा दश वटा र वडा नं. ४ मा ८ वटा योजना छनौट भएको छ । त्यस्तै, वडा नं ६ र ८ मा छ/छ वटा, वडा नं ७मा ८ वटा र वडा नं ९ मा पाँच वटा योजना छनौट भएका छन् । छनौट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिडी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिँचाइ कुलो कुलो निर्माण, खेल मैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

रोजगार संयोजकका अनुसार हाल अधिकांश वडामा योजनाहरूको काम चलिरहेको छ भने तीन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्