आज फागुन ५ गते बिहीबार, यस्तो छ राशिफल

0
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन मनमा अशान्ति र गलत आचरणतर्फ मनजान सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यमा वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट