समाजवादी प्रेस सङ्गठन प्रदेश अध्यक्षमा पोखरेल

0
Shares

मोरङ ।

समाजवादी प्रेस सङ्गठनको आज यहाँ भएको प्रदेश नं १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरेलाई चयन गरिएको छ ।

यसैगरी सचिव, सहसचिवत्रय र कोषाध्यक्षमा क्रमशः भोला श्रेष्ठ, राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र रङ्गीता गजमेर रहनुभएको छ । यस्तै सदस्यमा अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी र खेम दाहाल चयन हुनुभएको छ ।

यसैगरी ध्रुव भट्टराईको अध्यक्षतामा मोरङ जिल्ला कमिटी आज यहाँ गठन गरिएको छ । कमिटीको उपाध्यक्ष, सचिव, सहसचिवद्वय र कोषाध्यक्षमा क्रमशः सन्तोष राजवंशी, उत्तम पोखरेल, मिलन अधिकारी, छविराज ढकाल र विमला रेग्मीलाई चयन गरिएको छ ।

यस्तै सदस्यमा टीकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यशोदा कार्की, पार्वती कटुवाल, वीना ढुङ्गेल, रिया खड्का, निर्मला ढुङ्गाना, स्वस्तिका भट्टराई, विवेक न्यौपाने र निरज मल्ल रहनुभएको छ ।