समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला स्थगित भएको छ । यही फागुन ७ गते गर्ने भनिएको राष्ट्रिय भेला जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्ड भित्र नपरेको भनी अनुमति नदिएकाले भेला स्थगित गर्ने निर्णय भएको महासचिव भूपराज खड्काले जानकारी दिए ।

महासचिव खड्काका अनुसार आगामी चैत्र १२ गते संगठनको विस्तारित बैठक बस्ने निर्णय भएको छ । समाजवादी प्रेस संगठन नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरूको संगठन हो ।