काभ्रे ।
बनेपामा रहेको शाक्य परिवारहरूको संस्था दिपंकर भगवान् बुद्धका २ वटा भवनको उद्घाटन गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले उक्त भवनको उद्घाटन गर्नु भएको थियो । नगर प्रमुख वादेले सबै धर्म र जातको परम्परा जोगाउनु नै अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो । धर्म सबैले मान्छन तर धर्म र संस्कृति आ–आफ्नो भएकाले सबै धर्म समान रहेकाले समाजमा पनि सोही अनुसारको संस्कृति र परम्परा चलेको उहाँले बताउनु भयो । बनेपा नगरपालिका अहिले बृहत् भएको छ साँगा, नाला, बास्डोल, नाला साबिक बनेपाका आ–आफ्नौ महत्त्व र मन्दिर रहेकाले सबैले आफ्नो परम्परा अनुसार मानेको नगर प्रमुख बादेले बताउनु भयो । साबिक बनेपामा ८ वटा गणेश मन्दिर, ८ वटा ढुङ्गे धारा, ८ वटा इनार, ८ वटा डबली र ८ वटा ढोका, ८ वटा पोखरी रहेकाले छुट्टै महत्त्व रहेको छ ।
नगरपालिकाले भौतिक विकास सँगै धर्म संस्कृतिको समेत जगेर्ना गर्दै अहिले पुरानै शैलीमा पुनः निर्माण गरिएको नगर प्रमुख बादेले बताउनु भयो । बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरू पुरा गरेको बताउनु भयो । ‘विवाद रहित यो कार्यकाल सम्पन्न गर्न लागिरहेका छौ’– उपप्रमुख सापकोटाले भन्नु भयो – ‘नगर बासी, जनप्रतिनिधि, उपभोक्ता समितिहरू सबैको सहयोगले धेरै विकासका काम सम्पन्न गरेका छौ भने बनेपा नगरलाई किशोरी मैत्री नगरपालिका घोषणको अन्तिम तयारीमा पुर्याएका छौ ।’

बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले नगरपालिकाले दिएको अनुदानको सही सदुपयोग भएको र सबै बुद्धका अनुयायी भएकाले सोही अनुसार गर्न शुभकामना दिनु भएको थियो । बनेपा नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष तथा संघका अध्यक्ष वर्ण शाक्यले शाक्य परिवारहरूको भवन निर्माण सम्पन्न गरेको बताउनु भयो । २०७४ साल माघ ८ गते शिलान्यास भएको भवन २०७८ माघमा सम्पन्न भएको बताउनु भयो । आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम पुरा गरेको बताउनुभयो ।
सडक ढल, मन्दिर गुठी भवन विद्यालय, खानेपानी लगायतका भौतिक निमार्ण सम्पन्नको चरणमा रहेको बताउनु भयो । ७ नम्बर वडामा अब १ किलोमिटर मात्रै बाटो पिच बाकी रहेकाले यहि आर्थिक वर्ष भित्र सम्पन्न हुने बताउनु भयो । शाक्यले बनेपा नगरपालिका भित्र शाक्य परिवारका १०० घरपरिवार रहेको, उक्त परिवार प्रत्येक वर्ष भेला भई सामूहिक व्रतबन्ध ५/५ वर्षमा गर्ने, भोज गर्ने, आफ्नो रीतिरिवाज अनुसारको पूजा विधि गर्दे आएको बताउनु भयो ।

उक्त भवन निमार्ण बन्नु मात्रै नभई यसको संरक्षण गर्न चुनौती रहेकाले हाम्रो पुस्ताहरूलाई समेत बताउँदै जानु पर्ने बताउनु भयो । कार्यक्रममा शाक्यले यस वर्ष शाक्य परिवारका २५ जना बटुकहरुको सामूहिक चुडाकर्म गरिएको बताउनु भयो । शाक्यले समाजमा विद्यमान विकृति, विसङ्गति, तडकभडक न्यूनीकरण गर्ने उद्देश्यले संघले सामूहिक व्रतबन्ध र सामूहिक भोजको आयोजना गरेको बताउनुभयो । शाक्य परिवारभित्र कसैले एकल भोज गरेमा संघले कारबाही गर्ने समेत चुडाकर्म संघका अध्यक्ष वर्ण शाक्यले बताउनुभयो ।
संघको आर्थिक प्रतिवेदन सघंका कोषाध्यक्ष सुमेश शाक्यले राख्नु भएको थियो । नगरपालिका बाट २ वटा भवनका लागी ३८ लाख प्राप्त भएको र शाक्य परिवार तथा विभिन्न सघं संस्थाबाट ६६ लाख प्राप्त भएको बताउनु भयो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, नेपाली कांग्रेसका सभापति महेश कर्माचार्य तथा शाक्य परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।













प्रतिक्रिया