संस्कृतिविद् जोशी अस्पताल डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्किएका उनका भतिज अजर जोशीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।