न्युज अफ नेपाल, काठमाडौं ।
एमाले नेता भीम रावलले एमसीसीबारे पार्टीको आधिकारिक धारणा ल्याउन माग गरेका छन् । सोमबार नयाँ बानेश्वस्थित संसद् भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावले सो कुरा बताएका हुन् ।
‘नेपाल सरकार एमसीसीबीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्य योजनाका कैयन प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुन विपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ,’ उनले बैठकमा भने, ‘यो विषय आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको छ। यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमालेजस्ता राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’
प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीबारे आधिकारिक धारणा बाहिर ल्याएको छैन । यसअघि एमाले नेतृत्वको सरकार हुँदा एमसीसी पास गर्नुपर्ने पक्षमा देखिए पनि हाल द्वैध चरित्र देखाइरहेको छ ।
प्रतिक्रिया