प्रेम दिवसलाई मेरो सवाल


प्रेम दिवसको अवसरमा गायक सन्दीप कार्की र अनु ढकालको स्वरमा मेरो सवाल बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा गायक सन्दीप कार्की र सुप्रिया खनाल नदी किनारमा रोमान्टिक अवस्थामा देखिएका छन्।

विमला हुमागाईंले शब्द रचना रहेको गीतमा गायक कार्कीकै संगीत रहेको छ। दीपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक गरिएको हो।