कांग्रेस बैठकमा आज १६ नेताले राखे धारणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन बस्ने भएको छ । माघ २७ गतेदेखि सुरु बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ । बैठकमा एमसीसी, सत्ता गठबन्धन, अधिवेशन, भ्रातृ संस्थाहरुको अधिवेशन लगायका विषयमा छलफल भइरहेको छ । आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु—फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु—विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए ।

माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।