पोखरा महानगरको नगर सभामा जनप्रतिनिधिलाई समेत बोल्न नदिएको गुनासो

0
Shares

भूपराज बस्याल, पोखरा ।

पोखरा महानगरपालिकाले जनप्रतिनिधिको गुनासोलाई समेत बेवास्ता गरेको यहाँका जनप्रतिनिधिहरूको गुनासो रहेको छ । मेयर र उपमेयर सहित बहुमत नेकपा एमालेको रहेको उक्त महानगरमा काङ्ग्रेस लगायत अन्य राजनीतिक दलका जनप्रतिनिधिका गुनासालाई बेवास्ता गरिएको हो ।

दशौँ नगर सभाको लागि शुक्रबार र शनिवार अर्थात् माघ २८ र २९ गते मिति तय गरेको भए पनि जनप्रतिनिधिलाई झुक्क्याएर एकै दिनमा नगर सभा सम्पन्न गरिएको हो । नगर सभाको दोस्रो दिन जनप्रतिनिधिका गुनासो अथवा सुझावको सुनुवाइ गर्ने भनिए पनि कार्यक्रमको अन्तिममा नगर सभा सकिएको घोषणा गरिएको थियो ।

नगर सभाको यो निर्णयसँगै आफ्नो बोल्ने पालो कुरेर बसेका जनप्रतिनिधिहरू जिल्ल परेका छन् । ‘मैले हिजोदेखि बोल्न पर्ने केही बुँदा टिपोट गरेर राखेको थिए मलाई बोल्न दिन पनि भनिएको थियो तर एकै पटक कार्यक्रम सकिएको घोषणा गरियो ।’

वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले नेपाल समाचार पत्रसँगको कुराकानीका क्रममा भन्नुभयो । ‘नगरसभाका सदस्य सचिव अर्थात् महानगरका कार्यकारी अधिकृत बलराम रिज्याललाई बोल्न पाउनुपर्ने माग सहित हिजो नै लिखित रिपोर्ट बुझाएको थिए । बोल्न पाउने पनि भन्नुभयो तर अन्तिममा कार्यक्रम सकिएको घोषणा गर्नुभयो ।’

बास्तोलाले कार्यक्रम स्थलमै पनि उपमेयरलाई पटक पटक बोल्न पाउनुपर्ने माग गर्दा हुन्छ भन्ने आश्वासन आएपन अन्तिममा झुक्क्याएको आरोप बास्तोलाको छ । पटक पटक बोल्न दिइने भनियो तर दुई दिनको कार्यक्रम एक दिनमा सकिएको घोषणा गरिएको उहाँको आरोप छ । सत्ता सञ्चालन गरेको पार्टीको यो अलोकतान्त्रिक गतिविधिले लोकतन्त्रको खिल्ली उडाइ रहेको बास्तोलाको आरोप छ ।