एमसीसी प्रस्ताव संसदमा टेबुल गर्न प्रधानमन्त्रीको प्रस्ताव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्ताव गरे पनि अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएपछि बैठक विना निष्कर्ष सकिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले अब एमसीसीलाई संसदमा पेस गरी आ आफ्ना कुरा त्यहीँ राख्नु मनासिब हुने बताएका थिए । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अबको बैठकमै एमसीसी टेबुल गर्नुपर्नेमा जोड दिएका थिए । तर अध्यक्ष प्रचण्ड र नेपालले त्यसअघि साझा धारणा बनाउनुपर्नेमा जोड दिएका थिए ।