निर्वाचन आयोगले फागुन १ गतेदेखि दैनिक पत्रकार सम्मेलन गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले दैनिक पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवक्ता तथा सहायक प्रवक्ताले गर्नेछन् ।