थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १,१२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । आज दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।