कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि शुरू भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ ।

पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ । पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने नत्र भोलीसम्म चल्ने उनले बताए ।

कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा छलफल गरेको थियो ।