खनालको एउटा ढुकुर उडी गयो सार्वजनिक (भिडियोसहित)

0
Shares

लोक तथा दोहोरी गायक रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो नयाँ दोहोरी गीत एउटा ढुकुर उडिगयो सार्वजनिक गरेका छन्।‘दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत एउटा ढुकुर उडी गयोमा रामप्रसादको भनाइ छ।

खनालकै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनीता बुढाले खनाललाई स्वरमा साथ दिएकी छन् भने अभिनयमा शोभा त्रिपाठीले साथ दिएकी छिन्। भिडियोको निर्देशन निर्मल शर्माले गरेका छन्। थानेश्वर गौतमको संगीत रहेको र कमल सरगमले संगीत संयोजन गरेको गीत खनालको बाउन्नौँ एल्बममा समावेश गरिएको छ।

राजु केसीको छायांकन रहेको भिडियो गौतम राज खड्काले सम्पादन गरेका छन्। खनालले एक महिनायता रिलिज गरेको यो तेस्रो गीत हो।