कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए । महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जार रहको छ ।

‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ उनले भने । उनका अनुसार बैठक भोलि सक्ने तयारी छ ।आजको बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।