कांग्रेस नेतालाई नेविसंघको झण्डा उपहार 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेविसंघको महाधिवेशनको सुनिश्चितताको माग गर्दै सानेपामा नेविसंघका नेता तथा कार्यकर्ताहरूले आफैले बनाएको झण्डा केन्द्रीय समितिका पदाधिकारी तथा नेताहरूलाई बुझाएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्मालाई नेविसंघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले हस्तान्तरण गरे । विधान सम्मत महाधिवेशनको माग गर्दै नेविसंघले अनसन र धर्ना दिँदै आएको छ ।

कार्यक्रममा नेविसंघ नेताहरू रत्नहरि ढुंगेल, सुशील भट्ट, हरि आचार्य, मनिष सिम्खडा, दिपक ओझा, निराजन शाही , सुशान्त तामाङ, सुवास घिमिरे, आभास रेग्मी, सगुन कँडेल, पदमा भुसाल लगायतको उपस्थिति थियो ।