सल्यानमा भिरबाट लडेर एक जनाकाे मृत्यु

0
Shares

सरिता चलाउन, सल्यान ।

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ टाकुराका ४१  वर्षका शोभाराम कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कामको लागि वडा नं १ कागखोला गएका उनी वडा नं २ स्थित घरेलीडाँडा जंगल नजिकैको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो  ।

उहाँका अनुसार कामी सडकदेखि ४ सय मिटर तल खसेका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । भिरबाट लडेर मृत्यु भएका कामीको सबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उहाँको भनाइ छ ।