भारतीय मिडियामा अभिनेत्री नम्रता मल्लको ग्ल्यामर चर्चा


काठमाडाैं ।

भोजपुरी अभिनेत्री नम्रता मल्ल अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन् । उनको खेसरीलालसँगको दो घुन् गीत सार्वजनिक भएको हो । नम्रता मल्लले इन्स्टाग्राममा तस्बिर शेयर गरेर सामाजिक सञ्जालमा निकै भाइरल भएकी छन् । पछिल्लो तस्बिरमा नम्रता मल्लले ब्रालेट सर्ट लगाएर फोटाे सुट गरेकी छन् ।

नम्रताले प्रत्येक तस्विरमा फरक-फरक पोज दिएर आफ्नो मनमोहक स्टाइल देखाएकी छन् । नम्रता मल्लको तस्बिरहरूले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । इन्स्टाग्राममा उनका १३ लाख फलोअर्स छन् । यससँगै उनको लोकप्रियता बढ्दै गएको छ । आगामी दिनमा यो संख्या दोब्बर हुने छ ।